समाचारशुक्रबार, फाल्गुण २५, २०६९

अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

हिमालखबर

आज ८ मार्च, १०३ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ ।

संयुक्त राष्ट्र संघले यसवर्षको अन्र्तराष्ट्रिय नारा ‘महिला हिंसा अन्त्य गरौं, कुरा होइन काम गरौं’ भन्ने राखेको छ । दिवसको अवसरमा आज राजधानीलगायत देशभर विभिन्न कार्यक्रम गरिंदैछ । त्यस्तै राजनीतिक दलका महिला संगठनहरुले पनि दिउँसो र्‍याली तथा सभा गर्दैछन् ।

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०१२ मा देशभरमा १३७४ महिला हिंसाका घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

यस वर्ष महिलाहरू सबैभन्दा बढी घरेलु हिंसाका कारण पीडित भए भने यो संख्या सबैभन्दा बढी मध्यपश्चिमाञ्चलमा (३२८) रहेको छ ।

महिला दिवसको अवसरमा आज बिहान वीरगञ्जमा पनि र्‍याली निकालिएको छ । महिला दिवसकै अवसर पारेर लोकरंग नामक संस्थाले वीरगञ्जमा सडक नाटक मञ्चन गरेको छ ।

महिला हिंसा न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले मञ्चन गरिएको नाटकमा आफ्नै घरपरिवार, समाज, राजनीतिक दल, समाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय प्रशासनको लापरवाहीका कारण महिला हिँसाको घटनामा कमी आउन नसकेको सन्देश दिइएको थियो ।
अली असगर वीरगन्जबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>