समाचारशुक्रबार, फाल्गुण २५, २०६९

सहमति हुनेमा नेपाललाई पनि विश्वास छैन

हिमालखबर

२५ फागुनमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले एमाओवादीले दलका नेताहरूलाई घुमाइरहेको प्रस्ट भएको दाबी गर्दै एमाओवादीको षडयन्त्रप्रति दलहरू बेलैमा सचेत हुन आग्रह गरे ।

उनले भने, “कुनै कुरा अहिलेसम्म एमाओवादीले सत्य बोलेको छैन, अब पनि विश्वासिलो आधार छैन ।”

प्रधानन्यायाधीशलाई राजीनामा नगराई कार्यकारी प्रमुखको जिम्मेवारी दिन नहुने उनको भनाई छ ।

देशमा सङ्कटकालीन अवस्था आएमा गम्भीर खतरा निम्तिन सक्ने भएकाले पहिले राजीनामा गराएर मात्रै प्रधानन्यायाधीशलाई नेतृत्व दिनु बुद्धिमानी हुने उनको भनाइ थियो ।

सोही पत्रकार भेटघाटका क्रममा बोल्दै नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले राजनीतिक इच्छाशक्ति भए समयमै निर्वाचन हुने बताउँदै एमाओवादीले अहिले खेलवाड गरिरहेको बताए ।

केही दिनअघि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पनि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव एमाओवादीको सत्ता लम्बाउने चाला भएकोले आफूलाई त्यसप्रति विश्वास नभएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>