समाचारशुक्रबार, फाल्गुण २५, २०६९

महन्थ भन्छन, ‘मूर्ति देखाउन डर लाग्छ’

हिमालखबर

जानकी मन्दिर । फाइल तस्बीर

यी गुनासाहरु हुन् जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दासका । पुरातत्व विभागद्वारा आयोजित पुरातात्विक जीर्णोद्धारसम्बन्धी अभिमुखीकरण विषयक कार्यक्रमको समापन समारोहमा उनले गुनासो गरे, “पुरातत्व र गुठीका कतिपय पदाधिकारीले गहनालाई नष्ट गरेकाले यसको अनुसन्धान हुन जरुरी छ ।”

गुठीका पदाधिकारीले ‘म भगवानलाई मान्दिनँ, मलाई पैसा चाहिन्छ, पैसा नदिए मन्दिरको कुनै कार्य हुन दिन्न’ भन्ने चेतावनी समेत दिएको बताउँदै महन्थ दासले जानकी मन्दिरद्वारा शुरु गरिएको निर्माण कार्यलाई निरन्तरता दिन गुठीका पदाधिकारीले रु ५० लाख रकम मागेको खुलासा गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव सुशील घिमिरेले महन्थद्वारा व्यक्त गुनासो महत्वपूर्ण रहेको भन्दै जानकी मन्दिरका गरगहनाको अवस्थाका बारे वास्तविकता पत्ता लगाइ जानकारी गराइने बताए ।

प्राध्यापक डा पशुपतिनाथ झाले मिथिलाको अस्तित्वलाई जीवन्त राख्न जनकपुर र सिमरौनगढको उत्खननमाथि जोड दिँदै मन्त्रालयद्वारा स्थापित विद्यापति पुरस्कार गैरनेपालीलाई प्रदान गरेर पुरस्कारको गरिमालाई घटाउने कार्य गरिएको गुनासो गरे ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दीगम्बर रायले जनकपुरका पोखरी र विवाहउत्सव संसारमै प्रसिद्ध रहे पनि न पोखरीको संरक्षणको कार्य गरियो, न राष्ट्रिय विभूति जानकीको जन्म र विवाहउत्सवमा सरकारद्वारा सार्वजनिक बिदा दिइयो भन्दै गुनासो व्यक्त गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>