समाचारशनिबार, फाल्गुण २६, २०६९

नेताहरुले आज पनि छलफल गर्ने

हिमालखबर

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्नका लागि आवश्यक वातावारण बनाउन अन्य विषयहरुमा सहमति गर्नका लागि चार राजनीतिक शक्तिका नेताहरुको २६ फागुन दिउँसो बैठक बस्दैछ ।

२४ फागुनमा एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरूको बैठकमा नेपाली सेनाको तालिम लिइरहेका माओवादी पूर्व लडाकुलाई दिइने दर्जा बाहेकका विषयमा करिब सहमति भइसकेको नेताहरुले दावी गरेका थिए ।

एमाओवादीले समायोजनमा महासेनानीसहित दुई मुख्य सेनानी पद चाहिने माग गरेपछि विवाद बल्झिएको नेताहरूले बताएका छन् । प्रतिपक्षी दलहरूले सैनिक ऐनअनुसार दर्जा मिलान गर्नुपर्ने अडान राखेका छन् । यसैगरी मतदाता नामावली अद्यावधिक गर्ने विषयमा पनि दलहरूबीच फरक फरक अडान देखिएपछि २५ फागुनको बैठक सहमतिमा पुग्न नसकेको बताइएको छ ।

बहालवाला प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाएर संविधानसभाको निर्वाचनमा जाने सैद्धान्तिक सहमति दलहरूबीच भए पनि विवादित विषय बल्झिन थालेपछि प्रक्रिया झनै जटिल बनेको छ ।

प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई चैत १ गते हुने भएपनि दलहरू भने त्यसअघि नै चुनावी सरकार बनाउने कसरतमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>