समाचारशनिबार, फाल्गुण २६, २०६९

वीरगञ्जबाट एघार बालकको उद्धार

हिमालखबर

२६ फागुन बिहान नियमित जाँचका क्रममा प्रहरीचौकी इनर्वाले अभिभावकविहीन अवस्थामा बालकहरू भेटिएको र उनीहरूलाई भारततर्फ बालश्रमिकका रूपमा लान खोजिएको देखेपछि उद्धार गरेको छ ।

वीरगन्जबाट टेम्पोमा चढेर सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल चढ्न जान लागिरहेको अवस्थामा उनीहरूलाई नेपाल–भारत सीमास्थित शङ्कराचार्यद्वारको नजिकबाट नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिएका बालहरु नौदेखि १२ वर्ष उमेर समूहका छन् ।

प्रहरीले बालकहरुलाई भारततर्फ लान खोज्ने मकवानपुर राई गाउँ—९ का ३० वर्षीय युवक थिङ, रोतहट रङ्गपुर—५ का २१ वर्षीय देवप्रसाद लामा र बारा डुबरवानाका २१ वर्षीय दुर्गाबहादुर लोप्चानलाई पनि नियन्त्रणमा लिएको छ ।

बालकहरुलाई उनीहरुका अभिभावकको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>