समाचारशनिबार, फाल्गुण २६, २०६९
‘राष्ट्रपतिकै नेतृत्वमा चुनाव भए राम्रो’
२६ फागुनमा विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले महसचिव इश्वर पोखरेलले एमाओवादीले सत्ताकब्जा गर्ने मनसायबाट न्यायालय र नेपाली सेनालाई कमजोर पार्न खोजिरहेको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले परिवर्तन र लोकतन्त्रका संवाहक दलहरू एमाओवादीको पासोमा पर्न नहुनेमा जोड दिंदै एमाओवादीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव गर्नु र नेपाली सेनामा आफ्ना लडाकुलाई पूर्व सहमतिविपरित मथिल्लो दर्जा दिलाउन अडान लिनु लोकतान्त्रिक संरचना ध्वस्त पार्ने षडयन्त्र भएको आरोप लगाए ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनु असंवैधानिक र लोकतान्त्रिक मान्यता विपरित हुने हुँदा राष्ट्रपतिको अभिवाकत्वमा निर्वाचन हुनसके सबैभन्दा राम्रो विकल्प त्यही हुने पोखरेलले बताए ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको सैद्धान्तिक सहमतिलाई अन्तिमरुप दिन जारी चार राजनीतिक शक्तिहरुको बैठकमा नेपाली सेनामा समायोजन रोजेका माओवादी लडाकुहरुको दर्जा मिलानमा सहमति बन्न सकिरहेको छैन ।
