समाचारशनिबार, फाल्गुण २६, २०६९

सप्तरीमा आगलागी, सिंगो बस्ती सखाप

हिमालखबर

सप्तरीको दलित बस्तीमा रायपुरमा बिहान साढे ११ बजे लागेको आगोले ४४ घर स्वाहा पारेको छ ।

चुल्होको आगो ननिभाएपछि आगलागी भएको स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । स्थानीय धुतरी सदाले खाना पकाएर चुल्होको आगो ननिभाउँदा फुसको छानो टिपेपछि आगो सल्किएको हो । आगलागी भइरहेका बेला हावा पनि उत्तिकै चलेकाले आगो झन बढी सल्किएको थियो ।

गाउँका पुरुषहरु बाहिर काममा गएको बखत तत्कालै आगोलाई नियन्त्रणमा लिन नसक्दा ठूलो क्षति भएको इप्रका रुपनीका इञ्चार्ज बलमबहादुर प्रधानले बताए ।

४४ घर ध्वस्त पारेको आगोले सिंगो दलित बस्तीको अन्नपात, लत्ताकपडा सहितसम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।
आगोलाई नियन्त्रणमा लिन राजविराज र लहान नगरपालिकाबाट बारुण यन्त्र मगाउनुपरेको थियो ।

स्थानीयबासी, नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनाको दुई घण्टाको प्रयासपछि आगो निभाउन सकिएको थियो ।
श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>