समाचारशनिबार, फाल्गुण २६, २०६९
लोडसेडिङ दुई घण्टा घट्यो (तालिका सहित)
नेपाल विद्युत प्राधिकरणले यसअघि हप्तामा ८२ घण्टा लोडसेडिङ हुँदै आएकोमा २८ फागुनदेखि ७० घण्टामात्रै लोडसेडिङ हुने जनाएको छ ।
नजिकिंदै गरेको एसएलसी परीक्षालाई ध्यानमा राखि लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ । थर्मल प्लान्ट सञ्चालन, भारतबाट विद्युत आयात, कालिगण्डकी ए को समयमै मर्मत र कुलेखानी जलासयमा पानीको मात्राका कारण लोडसेडिङ घटाउन सम्भव भएको प्राधिकरणको भनाई छ ।
औद्योगिक र डेडिकेटेड फिडरहरुको भने लोडसेडिङ यथावत नै रहने छ । 
