समाचारशनिबार, फाल्गुण २६, २०६९

सहमति अझै अनिश्चित

हिमालखबर

२६ फागुन बिहानदेखि साँझैसम्म बसेको एमाओवादी, नेपाली कांग्रेस, एमाले र मधेशी मोर्चाको बैठकमा विवादित विषयमा सहमति नभएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार नेपाली सेनामा समायोजन रोजेका माओवादी लडाकुको दर्जा निर्धारण र नागरिकता सम्बन्धी कानून संसोधनका विषयमा दलहरुबीच सहमति हुन नसक्दा बैठक अनिर्णित हुन पुगेको हो । उनका अनुसार आजै सहमतिमा नपुगिए पनि बैठक सकारात्मक भएको छ र चाँडै नै दलहरु टुंगोमा पुग्नेछन् ।

दलहरुबीच सहमति नभएपछि जेठ महिनामा हुने भनिएको संविधानसभाको निर्वाचन नहुने सम्भावना बढेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>