समाचारशनिबार, फाल्गुण २६, २०६९
प्रेस चौतारीमा अर्याल विजयी
विराटनगरमा जारी महाधिवेशनमा २६ फागुनमा भएको निर्वाचनबाट प्रेस चौतारीको अध्यक्षमा राजेन्द्र अर्याल आफ्ना प्रतिद्वन्द्वी विष्णु रिजाललाई २१२ मतले हराउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा विजयी भएका छन् भने महासचिवमा माधव नेपाल विजयी भएका छन् ।
यसैगरी पूर्वाञ्चल उपाध्यक्षमा कुशलबाबु बस्नेत, मध्यमाञ्चलमा उपेन्द्र केसी, पश्चिमाञ्चलमा मुकेश पोखरेल, मध्यपश्चिमाञ्चलमा सुरेन्द्र काफ्ले, सुदुरपश्चिमाञ्जलमा राजेन्द्र विष्ट निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा शान्ति गुरुङ् निर्वाचित भएकी छन् ।
