समाचारआइतबार, फाल्गुण २७, २०६९
विष सेवनवाट तीन आमा छोराको मृत्यु
सतवरियाकी सीता चौधरीले २६ फागुन राति आँफू संगै ५ वर्षीय र ३ वर्षीय छोरालाई विष खुवाएपछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको ईलाका प्रहरी कार्यालयका सतबरीयाका प्रहरी निरीक्षक बाबुकाजी गिरीले जानकारी दिए ।
यद्यपि अहिलेसम्म बिष सेवनको कारण खुलिसकेको छैन । घरमा कोही पनि नभएको बेला सिताले आँफू संगै छोरालाई पनि बिष ख्वाएको हुनसक्ने प्रहरीले जनाएको छ । काममा बाहिर गएका सीताका श्रीमान बनारसी चौधरी अवेर घर फर्किदा तीनै आमाछोरा छट्पटाएको देखेपछि उनले प्रहरीलाई खवर गरेका थिए । जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले उपचारका लागी लमही ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको गिरीले बताए ।
घरमा पनि कुनै बिबाद भएको नपाइएको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।
गजेन्द्र वोहरा, दाङ
