समाचारआइतबार, फाल्गुण २७, २०६९

अभियुक्त पक्रन गएका प्रहरीमाथि आक्रमण

हिमालखबर

भवराटार गाविस–३ छप्कैयाका लागु औषध मुद्दाका फारार अभियुक्त छोटेलाल यादवलाई पक्राउ गर्न गएको प्रहरी टोली र अभियुक्तका आफन्तबीच झडप भएको छ । झडपका क्रममा अभियुक्तका आफन्तले प्रहरीको गाडीमा तोडफोड गरेका छन् ।

स्थानीयवासीन्दाले हानेको ढुंगा लागी प्रहरीको गाडीको सिसा फुटेको र स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ । झडप भए पनि प्रहरीले अभियुक्त छोटेलाल यादवलाई पक्रन भने सफल भएको छ । त्यसक्रममा अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अलीअसगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>