समाचारआइतबार, फाल्गुण २७, २०६९
पार्टीभित्र अनियमितता भएको छः एमाओवादी नेता विष्ट
२७ फागुनमा दाङमा आयोजित पत्रकार सम्मेलनमा एमाओवादी नेता विष्टले नेताहरुको सम्पत्ति अस्वाभाविक रुपमा बढेको भन्दै बाहिर आएको हल्ला सत्य भएको बताएका छन् ।
पार्टीका नेता, कार्यकर्ताहरुको सम्पत्ति शुद्धिकरण गर्न गठित छानबिन समितिका सदस्यसमेत रहेका विष्टले नेता कार्यकर्ताहरुको सम्पत्ति छानविन गर्दा अस्वभाविक रुपमा सम्पत्ति वढाएको पाईएको वताएका हुन् ।
आयोगले केन्द्र, राज्य, जिल्ला र स्थानीय तहसम्मका नेता कार्यकर्ताहरुको सम्पत्तिको बारेमा छानबिन गरि अनियमितता गरेका नेता कार्यकर्ताहरुलाई कारवाही गर्नसमेत सिफारिस गरिएको उनको भनाई छ ।
