थप समाचारआइतबार, फाल्गुण २७, २०६९

मन्त्रीउपस्थित कार्यक्रम बहिस्कार गरिने

हिमालखबर

अर्घाखाँची जिल्ला परिषदमा प्रमुख अतिथि शान्तिमन्त्री मन्त्री टोपबहादुर रायमाझीलाई बनाउने भएपछि जिल्लामा क्रियाशिल ८ विपक्षी राजनीतिक दलहरुले परिषद बहिस्कार गर्ने घोषणा गरेका छन् । उनीहरुले राजनीतिक सहमतिका लागि वर्तमान सरकार बाधक भएको भन्दै सरकारका मन्त्रीहरु उपस्थित कार्यक्रम बहिस्कार गरिने बताएका छन् ।

नेपाली काग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी, नेकपा माले, राप्रपा, राष्ट्रिय जनशक्ति पार्टी र राप्रपा नेपालले प्रमुख अतिथिमा विकल्प खोज्न पटक पटक गरिएको आग्रह लाई पनि बेवास्ता गरी शान्तिमन्त्री रायमाझीलाई प्रमुख अतिथि बनाउने भए पछि परिषद बहिस्कार गर्ने निर्णय भएको पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

विपक्षी ८ दलहरुले आफ्ना दलका नेता, कार्यकर्ता तथा भ्रातृ संगठनहरुलाई समेत समेत परिसदमा सहभागी नहुन आग्रह गरेका छन् ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>