समाचारसोमबार, फाल्गुण २८, २०६९
कार्यदलले आयोग गठनको मस्यौदा तयार गर्दै
चार प्रमुख शक्तिका प्रतिनिधि संलग्न कार्यदलको बैठकमा आयोग गठनको मस्यौदामा विषयमा छलफल हुँदैछ ।
यसअघि सरकारले राष्ट्रपति समक्ष बुझाएको विधेयक र दलहरुबीच चलिरहेको छलफलका आधारमा मस्यौदा तयार गर्ने नेताहरुले बताएका छन् ।
कार्यदलका सदस्य रमेश लेखकले यसअघि भएको छलफललाई आधार बनाएर मस्यौदा तयार गर्ने जानकारी दिए । २८ फागुन बिहान ९ बजेसम्म मस्यौदा तयार गर्ने जिम्मा पाएको कार्यदलले केहीबेर अगाडीबाट मात्रै छलफल शुरु गरेको हो ।
आयोग गठनपछि शसस्त्र द्वन्द्वका मुद्दाको प्रकृति, त्यसको समायावधि, छानविनको आधारका विषयमा पनि छलफल हुनेछ । आयोगसम्बन्धी अध्यादेशको अन्तिम मस्यौदा लेखनका लागि एमाओवादीका तर्फबाट खिमलाल देवकोटा, कांग्रेसका तर्फबाट रमेश लेखक, एमालेका अग्नि खरेल र मधेशी मोर्चाका तर्फबाट जितेन्द्र देव रहेको कार्यदल बनाइएको छ ।
कार्यदलले मस्यौदा तयार गरेपछि दिउँसो शीर्ष तहमा छलफल गरेर त्यसलाई अन्तिम रुप दिइने बताइएको छ ।
