थप समाचारसोमबार, फाल्गुण २८, २०६९

जनकपुरका महन्थहरु सडकमा

हिमालखबर

जनकपुरका बिभिन्न मठ मन्दिरका महन्थहरु सहभागी जुलुशले बागवानी केन्द्रभित्र रहेको राधाकृष्ण मन्दिरमा रहेका दुई जोडी बहुमुल्य मूर्तिको अवस्था सार्वजनिक गर्न माग गर्दै गुठी संस्थान जनकपुरमा तालाबन्दी गरेको छ ।

उनीहरुले गुठी संस्थान जनकपुरका यसअघिका प्रमुख राजबाबु पाण्डेले दुई जोडी मूर्ति बेचेको आरोप लगाएका छन् । मन्दिरका महन्थ दासले भने, “एक वर्षअघि आफैंले दर्शन गरेको मूर्ति यसवर्ष देखेको छैन्, अर्को कार्यालय प्रमुख समेत आउन नसकेको अवस्थामा मूर्ति चोरीको सम्पूर्ण जिम्मेबारी पाण्डेले लिनुपर्छ ।” गुठीले गर्दा मन्दिरको सयौं बिगाह जग्गा अनाधिकृत रुपमा बिक्रि बितरण गरिएको महन्थहरुको आरोप छ ।

बिहान एघारबजे जनकपुरको जानकी मन्दिरबाट महन्थ राम तपेश्वर दासको अगुवाईमा निस्केको जुलुशले गुठी संस्थान जनकपुरमा तालाबन्दी गर्दै गुठी बिरुद्ध नाराबाजी गरेको थियो ।

मूर्तिको अवस्था सार्वजनिक नभएसम्म गुठी संस्थानमा लगाईएको ताला नखोल्ने महन्थ दासले जनाएका छन् ।

यसैबीच गुठी संस्थान जनकपुरका तात्कालीन प्रमुख राजबाबु पाण्डेले उक्त मूर्तिहरु जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले नै राखेको दाबी गर्दै आफूलाई झूठो लाञ्छना लगाइएको बताएका छन् । हिमालखबरसँग कुरा गर्दै उनले भने, “महन्थ आफैंले मूर्ति राखेर मलाई बदनाम गराउने प्रयास भएको छ ।”
इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>