समाचारसोमबार, फाल्गुण २८, २०६९
‘जालसाजी’मा नलाग्नुस् श्रीमान्: नेम्वाङ

पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले बहालवाला प्रधानन्यायाधीशले दलका नेताहरुलाई इजलाश बाहिर भेट्नु गलत भएको बताएका छन् ।
नेताहरूसँग रेग्मीले भेटेको प्रति नेम्वाङले कडा आपत्ति जनाएका हुन् । संवैधानिक कानून व्यावसायी मञ्चद्वारा २८ फागुनमा राजधानीमा आयोजित ‘वर्तमान संवैधानिक गतिरोध र स्वतन्त्र न्यायपालिका’ विषयक कार्यक्रममा उनले भने, “दलहरूले ल्याएको प्रस्ताव प्रधानन्यायाधीशले स्विकार्नु ‘फ्रड अन दि कन्स्टिच्युसन’ हो ।”
प्रधानन्यायाधीश वा न्यायाधीशले झगडीया भेट्दा ‘जालसाजी गरेको’ ठहरिने उनको भनाई थियो ।
पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले प्रधानन्यायाधीश वा न्यायाधीशले इजलास बाहिर गएर सम्बन्धित मुद्दाको विषयमा कुनै पनि धारणा सार्वजनिक गर्न नहुने बताए ।
प्रधानमन्त्री बनीसकेपछि प्रधानन्यायाधीशको विरुद्धमा जिन्दावाद र मुर्दावादको नारा लाग्न सक्नेप्रति आजै सजग हुनुपर्नेमा शर्माको जोड थियो । दलका नेताहरूले चुनावी प्रयोजनका लागि रेग्मीलाई अघि सार्नु नै गलत भएको बताउँदै शर्माले भने, “रेलको लिक नै भत्याईसकेपछि लिकमा ल्याउनलाई हो भन्नुको अर्थ छैन ।”
नेपाल बार एसोसियनका अध्यक्ष हरिकृष्ण कार्कीले न्यायालय प्रमुखको ‘नैतिकता हुँदैन’ भन्ने अवस्था सिर्जना नगर्न प्रधानन्यायाधीशलाई आग्रह गरे ।
