समाचारसोमबार, फाल्गुण २८, २०६९
मन्त्रिपरिषद निर्णय- डिआइजीको बढुवा
२८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी बलका डिआईजी सुशीलकुमार श्रेष्ठलाई एआईजीमा बढुवा गरेको छ । त्यस्तै बैठकले जिल्ला तहमा रहेको शान्ति समितिको म्याद साउन २०७० सम्म थप गर्ने निर्णय गरेको छ । शान्ति समितिको म्याद २०६९ सालसम्म मात्रै थियो ।
यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आगामी वर्षबाट सरकारीरुपमा हरेक वर्ष मनाउने, काबेली कोरिडोरमा १३२ केभी प्रशारण लाइन आयोजना निर्माणका लागि र मैलुङ खोला जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउने निर्णय पनि आजै भएको छ ।
इजरायलमा केयरगिभर पठाउने विषयमा वैदेशिक रोजगार विभागका निर्देशकलाई गभर्नमेन्ट इम्प्लवाइमेन्ट सर्भिसका रुपमा तोक्ने निर्णय पनि आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
