समाचारमंगलबार, फाल्गुण २९, २०६९
दुर्घटनामा एकको मृत्यु पाँच घाईते
पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना १ज २२२२ नम्बरको ट्याक्सी गैंडाकोट – ४ मा रोकिराखेको बा २ ख १९५९ नम्बरको ट्रकमा ठोकिंदा ट्याक्सीमा सवार एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी चितवन भरतपुर नगरपालिका –३ का ३२ बर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा ट्याक्सी चालक ४० बर्षीय दिपक पौडेल, शिबमन्दिर –८ का २१ बर्षीय मिलन बस्नेत, प्रविन आलेमगर, सन्तोष भुषाल, कृष्ण भण्डारी गम्भीर घाईते भएका छन् उनीहरुको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी
