थप समाचारमंगलबार, फाल्गुण २९, २०६९

आगलागीबाट तीन घाईते, २१ लाख क्षति

हिमालखबर

२८ फागुन राति १२ वजे स्थानीय टेकबहादुर सुवेदीको घरबाट सल्केको आगोले छिमेकी चन्द्र भण्डारी, राजकुमार भुसाल र खेमवहादुर भण्डारीको पनि घर तथा गोठ सल्केपछि २१ लाख भन्दा बढीको क्षती भएको छ । आगोले ५५ वर्षीय टेकवहादुर सुवेदी, सोही घरमा भाडामा वस्ने अनिल मियाँ, र छिमेकी भानुभक्त भण्डारी घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाईते तीनै जनाको अहिले युनाईटेड मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।

चुल्हाोमा बालेको आगो निभाउन विर्सदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीय वासिन्दा र प्रहरीको प्रयासमा आगो राति नै नियन्त्रणमा आएको थियो ।
गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>