समाचारमंगलबार, फाल्गुण २९, २०६९
लोकतन्त्र खतरामाः हिमाल जनमत सर्वेक्षण
एमाओवादी नेतृत्वको सरकारको उद्दण्ड शासनशैली र प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको अकर्मण्यताबाट व्यक्तिगत स्वतन्त्रता, नागरिक अधिकार, कानूनी शासनको धज्जी उडाउने काम भइ नै रहेको थियो ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने सत्ताधारी र प्रतिपक्षीको सहमतिले लोकतन्त्रको आधारभूत मान्यता र बहुदलीयतालाई समेत आघात पु¥याउँदैछ । आम नागरिकको ठूलो हिस्सा लोकतन्त्र नै खतरामा परेको निष्कर्षमा पुग्नुले त्यही देखाउँछ ।
जनमत सर्वेक्षणका क्रममा सोधिएको ‘के तपाईको विचारमा नेपालको लोकतन्त्र खतरामा छ ?’ भन्ने बहुसंख्यक ६१.१ प्रतिशत उत्तरदाताले ‘छ’ भन्ने जवाफ दिनु सामान्य अवस्था होइन ।
मुलुकको लोकतन्त्र खतरामा छ भन्नेहरुलाई ‘कसबाट खतरा छ’ भनेर सोधिएको प्रश्नमा ३९.४ प्रतिशतले ‘प्रमुख दलहरुको खिचातानीबाट’ भन्ने जवाफ दिएक छन् । दलीय राजनीति शुरु भएको सात दशकमा आम मानिस सिर्जित यस्तो सोच प्रमुख दलहरुकै निम्ति लज्जास्पद छ ।
संक्रमणकालीन नेपाली राजनीतिलाई सकारात्मक गति दिन अफल नेतृत्वका कारण आम मानिसहरुमा दल र तिनका नेताहरुलाई हेनेै दृष्णिकोणमा व्यापक बदलाव आएको सहजै बुझ्न सकिन्छ ।
