थप समाचारबुधबार, फाल्गुण ३०, २०६९

संभव हुँदैछ मानव अंग उत्पादन

हिमालखबर

प्रा. डा. एणटोनी आफ्नो प्रयोगशालामा विकास गरिएको मृगौला देखाउँदै । तस्बीर: विकिपेडिया

अमेरिकी शल्यचिकित्सक एण्टोनी अटालाको प्रारम्भिक अनुसन्धानले भविष्यमा मानव शरिर अंग प्रत्यारोपणमा ठूलो क्रान्तिको सम्भावना औंल्याएको छ । उनले विकास गरेको पद्दती अनुसार शरिरकका मृगौला जस्ता अंगहरु प्रत्यारोपण गर्दा अर्को व्यक्तिबाट मृगौला लिनुपर्ने वाध्यताबाट मुक्ति पाउन सकिन्छ ।

डा एण्टोनीले विकास गरेको थ्रिडी प्रिन्टरले मानव कोषहरुबाट पूर्ण अंगकै विकास गर्छ ।

उनको प्रयोगशाला ‘वेक फरेष्ट इन्ष्टिच्यूट फर रिजिनेरेटिभ मेडिसिन’ मा शरिरका ३० वटा तन्तुहरु र पूर्ण अंगको विकासका लागि काम भइरहेको छ । उनको टोलीले प्रयोगशालामै विकास गरिएको ‘युरनरी ब्लाडर’ केही व्यक्तिहरुमा सफल प्रत्यारोपण गरिसकेको छ । यसरी विरामीकै कोसहरुबाट विकास गरिएका अंगहरु प्रत्यारोपण गर्दा अरुबाट लिइएको भन्दा धेरै उपयुक्त हुने चिकित्सकहरुको भनाई छ ।

अहिले उनको टोलीले मानव अंगहरु निर्माण प्रविधिमा काम गरिरहेको छ ता कि, चाहिएको अंग सहजै उपलब्ध गराउन सकियोस ।

सन् २००७ मा हार्वार्ड युनिर्भसिटीको अनुसन्धान टोलीले डा. एण्टोनीसँगै मिलेर गरेको अध्ययनमा गर्भवती महिलाहरुको पाठेघरमा हुने ‘एमिनियोटिक फ्ल्युड’ बाट कोषहरु उत्पादन गर्न सकिने देखाइएको थियो ।

यस्ता प्रयोग र विकासले भविष्यमा मानव अंग उत्पादन र प्रत्यारोपणमा क्रान्ति नै ल्याउने सम्भावना देखाएको छ ।
एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>