थप समाचारबुधबार, फाल्गुण ३०, २०६९

फेरि नवलपरासीमा दुर्घटना, एकको ज्यान गयो

हिमालखबर

२ पुसमा कावासोतीमा दुईजनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा ४० जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार काठमाडौंबाट भारततर्फ फर्कदंै गरेका शिवरात्रीका तिर्थयात्री लिएर फर्कदै गरेको युपी ५३ सी टी २२ ५५ नम्बरको बसको ठक्करले नवलपरासीको भुजहवा ६ बस्ने ४५ बर्षीय रामअवध केवटको ज्यान गएको हो ।

ठक्करबाट घाइते भएका केवटको उपचारको क्रममा पृथ्वी चन्द्र अस्पताल परासीमा ज्यान गएको हो । बस र चालकलाई जिल्ला प्रहरी कार्यालय परासीले नियन्त्रणमा लिएको जनाएको छ ।

आजै पुर्वपश्चिम राजमार्ग अन्तरगत रजहरमा बस दुर्घटना हुदा ३४ जना घाईते भएका थिए ।

तीन दिनमा नवलपरासीमा भएका चारवटा दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ५५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

—————————————————————–

नवलपरासीमा बस दुर्घटना, ३४ घाईते

पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीमा पछिल्लो समयमा दैनिक सवारी दुर्घटना हुन थालेको छ ।

३० फागुनमा रजहरमा रहेको मकुन्डे खोला पुलमा बस ठोकिंदा बसमा सवार ३४ जना घाईते भएका छन् । नारायणगढबाट कावासोती आउदै गरेको ना २ ख ६६७६ नम्बरको बस अनियन्त्रित भई पुलमा ठोकिंदा बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा पर्नेमा अमरापुरीका ३७ बर्षीय पुनममाया रानामगर, दिब्यपुरी–६ का २१ बर्षीय युवराज मल्ल, दिब्यपुरी–४ का १८ बर्षीय कुलबहादुर लुङ्गेली, कावासोती– १ का २२ बर्षीय सुमन रिजाल, रजहर–८ का नरबहादुर परियार लगायतका ३४ जना घाईते भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएका मध्ये ३० जनाको पुरानो मेडिकल कलेज र अन्यको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईतेहरुको टाउको र हातमा बढी चोट लागेको छ । आठ जना गम्भीर भए पनि अधिकांश मध्यम खालका घाईतेहरु रहेको प्रहरीले जनाएको छ ।

२८ फागुनमा कावासोती जंगलमा बस पल्टदा २१ जना घाईते भएका थिए भने २९ फागुनमा गैंडाकोटमा रोकेको ट्रकमा ट्याक्सी ठोकिंदा एक जनाको ज्यान गएको थियो भने पाँच जना घाईते भएका छन् ।

दिनुहँ जसो सवारी दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले गति नियन्त्रण गर्न चालकहरुलाई अनुरोध गरेको छ ।

दुर्घटना प्राय विहान र अफिसको समयमा हुने गरेको छ ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>