समाचारबुधबार, फाल्गुण ३०, २०६९

साढे पाँच लाखले भोलिदेखि एसएलसी दिंदै

हिमालखबर

फाइल तस्बीर

परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको, आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका  सबै जिल्लास्थित परीक्षा केन्द्र निकट सुरक्षा निकायमा पुर्‍याइसकिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिए ।

प्रश्नपत्र बुझाइमा समस्या नहोस् भनेर यसवर्ष सुस्तश्रवण भएका परीक्षार्थीले एसएलसीमा आधा घण्टासम्म सहजकर्ता राख्न पाउने व्यवस्था गरेको छ । सहजकर्ता निम्न माध्यमिक तहसम्मको शिक्षक हुने र केन्द्राध्यक्षले छनोट गर्नेछन् ।’

त्यसैगरी दृष्टिविहीनले गत वर्षसम्म आठ कक्षा उतीर्ण गरेकालाई सहजकर्ता राख्न पाउने व्यवस्थालाई परिमार्जन गरी कार्यालयले यसवर्षदेखि दृष्टिविहीनले आठ कक्षा अध्ययन गर्दै गरेकालाई मात्रै सहजकर्ता राख्न पाउने व्यवस्था गरेको छ ।

दोहोरो रजिस्टेसन फारम भरेका विद्यार्थीले परीक्षाअघि नै अनुरोध गरेमा परीक्षा दिनबाट वञ्चित नगराउने बताउँदै बरालले दुवैतर्फ रजिस्टेसन फारम भरेको र एकातिर रद्द गरेको प्रमाणपत्र पेस गर्नुपर्ने बताए ।

यसका लागि अहिलेसम्म १० जनाको अनुरोध निवेदन परेको उपनियन्त्रक अर्यालले बताए । दोहोरो रजिस्टेसनको समस्या आएकाले आउँदो वर्षदेखि नौ कक्षामा फारम भर्ने व्यवस्था गरिने भएको छ ।

यसवर्षको परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी हुने भएका छन् भने जसमध्ये नियमिततर्फ चार लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ जना परीक्षार्थी रहेको अर्यालले बताए ।

यसवर्षको परीक्षाका लागि देशभरिमा एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरेको छ । जसमा सबैभन्दा बढी काठमाडौँमा ८६ केन्द्र र सबभन्दा कम मनाङ तथा मुस्ताङमा एक, एक केन्द्र कायम गरिएको छ ।

त्यसैगरी पनिकाले देशभरिमा एक हजार ७८६ केन्द्राध्यक्ष, दुई हजार ६५५ जना सहायक केन्द्राध्यक्ष, २१ हजार ८९० जना निरीक्षक, सात हजार २९७ जना सहयोगी र १९ हजार ८६० जना सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

पनिकाले परीक्षामा प्रतिविद्यार्थी करिब रु ५१२ का दरले खर्च गर्दैछ । ७० प्रतिशत हाजिर नहुने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको छैन ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>