समाचारबुधबार, फाल्गुण ३०, २०६९

चारदलको सहमतिविरुद्ध अन्य दलहरु आन्दोलनमा

हिमालखबर

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिनका लागि प्रमुख चार राजनीतिक शक्तिहरुले गरेको सहमतिको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आन्दोलन गर्ने भएको छ ।

“हामी कुनै व्यक्ति विशेष प्रधानमन्त्री हुने नहुने भन्दा पनि चार राजनीतिक दलहरुले गरिरहेको अहिलेको क्रियाकलापको विरोध गर्छौ,” नेकपा-माओवादी केन्द्रीय सदस्य महेश्वर दाहालले हिमालखबरलाई बताए । उनले थपे, “बाबुराम भट्टराईले तुरुन्तै सरकार छोड्नु पर्छ ।”

विघटित संविधान सभामा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलहरु र अन्य पक्षसम्बद्ध गोलमेच सम्मेलनबाटै राजनीतिक निकास निकालिनुपर्ने उनले बताए ।

अहिले केही बेरमै विघटित संविधान सभामा प्रतिनिधित्व गरेका अधिकांश दलहरुले मधेशी मोर्चा र तीन प्रमुख दलहरुले गरेको सहमतिको विरोधमा राष्ट्रपति रामवरण यादवलाई ज्ञापन पत्र बुझाउने तयारी भइरहेको र त्यसका लागि राष्ट्रपतिसँग समय मागिएको दाहालले जानकारी गराए ।

त्यस्तै १ चैतमा सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय भएको नेकपा–माओवादीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>