समाचारबुधबार, फाल्गुण ३०, २०६९

नेतालाई कांग्रेस केन्द्रीय सदस्यहरुको चेतावनी

हिमालखबर

सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा चार राजनीतिक शक्तिको छलफल भइरहेका बेला कांग्रेसका १७ केन्द्रीय सदस्यहरुले शीर्ष नेतृत्वलाई भेटी केन्द्रीय समितिको निर्णय विपरित बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनमा सहमति नगर्न चेतावनी दिएका छन् ।

दलहरुबाटै सहमतिको सरकार गठन गर्नुपर्नेमा उनीहरुको जोड छ ।

ज्ञापन पत्रमा सहमतिको सरकार निर्माणका क्रममा लोकतान्त्रिक मुल्यमान्यताका आधारभूत सिद्धान्त, संवैधानिक सर्वोच्चता, शक्तिपृथकीकरणको सिद्धान्त, राष्ट्रियता तथा जनताको भावनाको उच्च सम्मान गर्न आग्रह गरिएको छ ।

उनीहरुले प्रधानन्यायाधीशको नेतृत्वमै सरकार गठन हुने भए पहिले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।

“अन्यथा यसबाट सृजित सम्पूर्ण परिस्थितिको जिम्मेवार वार्तामा रहेका प्रतिनिधिहरु र पदाधिकारीहरु नै रहनुहुनेछअन्यथा यसबाट सृजित सम्पूर्ण परिस्थितिको जिम्मेवार वार्तामा रहेका प्रतिनिधिहरु र पदाधिकारीहरु नै रहनुहुनेछ भन्ने हामी स्मरण गराउन चाहन्छौं,” उक्त पत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरुमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, कुलबहादुर गुरुङ, पूर्णबहादुर खड्का, मानबहादुर विश्वकर्मा, भीष्मराज आङदम्बे, महालक्ष्मी उपाध्याय, शेखर कोइराला, चन्द्र भण्डारी, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, गगन थापा, इश्वरी न्यौपाने र सुजाता परियारलगायतका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>