समाचारबुधबार, फाल्गुण ३०, २०६९

शपथ ग्रहण १ गते , तीन मन्त्रीद्वारा मन्त्रिपरिषद बैठक बहिस्कार

हिमालखबर

प्रमुख चार दलका नेताहरुले सहमति गरेको नयाँ सरकार गठन र संविधान संशोधनको मस्यौदालाई आधिकारिकता प्रदान गर्दै  मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष अध्यादेश पेश गरेको छ । उक्त अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि प्रधानन्यायाधीश खिलराज रेग्मीले १ चैत बिहान ९ बजे शपथ ग्रहण गर्ने शीतलनिवास स्रोतले जानकारी गराएको छ ।

यसअघि ३० फागुन राति नै प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम निर्वाचन परिषदको अध्यक्ष (प्रधानमन्त्री) को पदमा शपथ ग्रहण गराउने तयारी भएको थियो । तर समयाभावका कारणले मिति सार्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले बताए ।

तीनजना मन्त्रीद्वारा परिषद बैठक बहिस्कार

चार प्रमुख दलहरुबीच भएको सहमतिको विरोध गर्दै तीन जना मन्त्रीहरु, गरीबी निवारण मन्त्री एकनाथ ढकाल, वनमन्त्री यदुवंश झा र विज्ञान तथा प्रविधि मन्त्री केशवमान शाक्यले मन्त्रिपरिषद बैठक बहिस्कार गरेका छन् ।

आफूहरुको सहमति बिना नै चार दलका नेताहरुले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको सहमति गरेको र उक्त सहमति लोकतान्त्रिक मुल्यमान्यता विपरित भएको भन्दै उनीहरुले मन्त्रिपरिषद बैठक बहिस्कार गरेका हुन् ।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका वनमन्त्री एकनाथ ढकालले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने सहमति संविधान, लोकतान्त्रिक मान्यता, संविधानवाद र स्वतन्त्र न्यायपालिका विरुद्ध भएको बताएका छन् ।

एक टेलिभिजनमा अन्तर्वार्ता दिंदै उनले भने, “चार शक्तिका नेताहरुले लोकतन्त्रको घाँटी निमोठ्ने काम गरेका छन, अब मुलुक थप संकटतर्फ धकेलिनेछ र यसको जिम्मेवारी तीनै नेताहरुले लिनुपर्ने छ ।” उनले थपे, “केही नेताहरुको यस्तो अलोकतान्त्रिक  कार्यलाई अनुमोदन गर्ने मन्त्रिपरिषद बैठकमा बस्नुको कुनै औचित्य छैन, त्यसैले हामीले बहिस्कार गर्‍यौं ।”

वनमन्त्री यदुवंश झा माले समाजवादीका नेता हुन् भने विज्ञान तथा प्रविधि मन्त्री केशवमान शाक्य नेपाः राष्ट्रिय पार्टीका नेता हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>