समाचारबिहीबार, चैत्र १, २०६९
घर भत्कँदा आठको मृत्यु
बड्की–४ मा रहेको देवीलाल सार्कीको कच्ची घर ३० फागुन राति १२ बजे तिर भत्कँदा उनकी पत्नी नन्दु(३०), छोराहरू हरिभक्त(१३) र जगदीश(५) तथा छोरीहरू लालजिरा(९) र सुशीला(६)को मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले हिमालखबरलाई जानकारी दिए । प्याकुरेलका अनुसार छिमेकी सागरा सार्की(१३), एसएलसी परीक्षा दिन सिँजा गएका तातोपानी–३ का हरिदत्त सार्की(१८) र सोही ठाउँका टंक सार्की(१८)को पनि पुरिएर मृत्यु भएको छ ।
तातोपानी–९ भानु सार्की, शिवदत्त सार्की, बड्की–४ मोफ्लाका देवीलाल सार्की र कमल सार्की घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि घाइतेलाई सदरमुकाम खलंगा ल्याइँदै छ भने मृतकको पोष्टमार्टमका लागि चिकित्सक, रेडक्रस र प्रहरीको टोलीलाई घटनास्थल पठाएको प्रजिअ प्याकुरेलले टेलिफोनबाट जानकारी दिए ।
तुफान न्यौपाने, नेपालगन्ज
