समाचारबिहीबार, चैत्र १, २०६९
रेग्मीको विरोधमा २२ दलको प्रदर्शन
मध्यान्हदेखि अचानक बन्द आह्वान गरिएपछि जनजीवन प्रभावित भएको छ । अहिले राजधानीका विभिन्न नाकाहरूमा २२ दल सम्वद्ध कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् ।
प्रमुख चार शक्तिका नेताहरुले शक्तिपृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएकोमा उनीहरूले आपत्ति जनाएका छन् ।
नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले चार दल शक्तिको विरोधमा अब कडा सङ्घर्षमा जाने बताए ।
३० फागुनमा बसेको २२ दलको बैठकले रेग्मीलाई प्रधानमन्त्री बनाउने विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
