समाचारबिहीबार, चैत्र १, २०६९

रेग्मी अध्यक्ष भएपछि पाल्पामा खुसियाली

हिमालखबर

पाल्पाको पोखराथोकमा जन्मिएका खिलराज रेग्मी चुनावी मन्त्रिपरिषदका अध्यक्ष र पाल्पाकै बन्दीपोखराका माधवप्रसाद घिमिरे परराष्ट्र एवम् गृहमन्त्री भएपछि जिल्ला बासीहरुले खुसियाली मनाएका छन् ।

अहिले सम्म पाल्पाबाट कुनै पनि ब्यक्ति मन्त्री समेत् भएका थिएनन् ।

आज बिहान ९ बजे खिलराज रेग्मीले चुनाबी सरकारको प्रमुखको रुपमा सपथ ग्रहण गर्ने जानकारी पाएका पोखराथोक बासीहरु ३० फागुन बेलुकादेखि नै रेग्मीको घरमा जम्मा भएर टेलिभिजन हेर्दै रमाइलो गरेका थिए ।

रेग्मीले सपथग्रहण गरेको टेलिभिजनमा हेरिरहेका खिलराजका काका टंकनाथ र काकी बिष्णुकुमारीले हर्षको आँसु खसाएपछि भेला भएका सबैको आँखा हर्षले भिजे ,

पोखराथोक बासीले बिहानै देखि आपसमा मिठाई बाडेर खुसी ब्यक्त गरेका छन् भने आज बेलुका नाच गान गरेर खुसियाली मनाईने तयारी भएको स्थानीय झपेन्द्र गैरेले जानकारी दिए ।

गैरे भन्छन, “हामीलाई प्रधानमन्त्री र मन्त्री पाल्पाकै भएकोमा जिल्लाको विकास हुने अपेक्षा भन्दा पनि हाम्रै जिल्लाका व्यक्तिले राजनीतिक गतिरोधको अन्त्य गरुन भन्ने चाहेका छौं ।”

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>