समाचारबिहीबार, चैत्र १, २०६९

सि जिनपिङ् नयाँ चिनियाँ राष्ट्रपति

हिमालखबर

चिनियाँ संसद नेशनल पिपुल्स कांग्रेसको बिहीबार बसेको बैठकले उनलाई चीनको राष्ट्रपति पदमा निर्वाचित गरेको चीनको राजधानी बेइजिङ्बाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव पदमा नियुक्त भएको चार महिनापछि बिहीबार चिनियाँ संसदले उहाँलाई औपचारिक रुपमा राष्ट्रपति पदमा निर्वाचित गरेको हो ।

चिनियाँ संसदको बिहीबारको बैठकमा भएको राष्ट्रपतीय निर्वाचन सम्बन्धी समितिको अध्यक्षता गरेका कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ सदस्य लिउ युनसाहले सो जानकारी गराए ।

सो बैठकमा उनले भन्नुभयो, “अब म यो घोषणा गर्न चाहन्छु कि चिनियाँ राष्ट्रपतिका लागि भएको निर्वाचनमा कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङ निर्वाचित हुनुभएको छ ।”

५९ वर्षीय सिलाई सो पदमा निर्वाचित गर्ने लगभग निश्चित नै भएको थियो ।

चीनमा राष्ट्रपति कार्यकारी पद हो । त्यहाँको उपराष्ट्रपति भने औपचारिक (सेरेमोनियल) पद मानिन्छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>