थप समाचारबिहीबार, चैत्र १, २०६९

एकैदिन तीन देशमा नेतृत्व परिवर्तन

हिमालखबर

नेपालमा प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकार प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा छिमेकी मुलुक चीनमा पनि नयाँ कार्यकारी प्रमुखका रुपमा सि जिनपिङले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन् ।

रोचक कुरा त के छ भने विश्वकै सबैभन्दा ठूलो देश चीनमा नयाँ राष्ट्रपतिले सरकार प्रमुखको जिम्मेवारी सम्हालेकै दिन विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटीले पनि नयाँ नेतृत्व पाएको छ ।

बिग्रदो स्वास्थ्यको कारण देखाउँदै २८ फेब्रुअरीमा पोप बेनेडिक्ट सोह्रौंले राजीनामा गरेपछि विश्वभरका १.२ अर्ब क्याथोलिकका नेतृत्वकर्ताको चयन शुरु भएको थियो ।

१२ मार्चबाट शुरु भएको चुनावबाट चयन भएका अर्जेन्टिनी नागरिक खोर्खे मारियो बैरगोगलियो नयाँ पोप भएका हुन् ।

विश्वकै ठूलो र त्यसमा पनि कम्युनिष्ट व्यवस्था रहेको चीनको परिवर्तित नेतृत्वसँगै अमेरिका लगायत विश्वका धेरै राष्ट्रहरुको चासो नयाँ राष्ट्रपतिका नीति तथा कार्यक्रमहरुमा हुनेछन् ।

यता संक्रमणकालिन अवस्थामा रहेको नेपालको अन्तरिमकालिन सरकारको अध्यक्षको भूमिका सम्हालेका प्रधानन्यायाधीश खिलराज रेग्मीका काँधमा संविधानसभाको निर्वाचन गराई निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>