समाचारबिहीबार, चैत्र १, २०६९

रेग्मीले भने, ‘सबैले सहयोग गर्नुहोस’

हिमालखबर

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले पद बहालीपछि सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिँदै वर्तमान मन्त्रिपरिषद्को एकमात्र लक्ष्य शान्ति सुव्यवस्था कायम गर्दै सम्पूर्ण राजनीतिक दलहरूको सहयोगमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नु रहेको बताएका छन् ।

गृहसचिव नवीनकुमार घिमिरेका अनुसार रेग्मीले भने, “मलाई राजनीतिक दलहरूले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि मन्त्रिपरिषद्को अध्यक्षमा सहमति गरेका हुन्, यसमा सबैले सहयोग पुर्‍याउनुहोस् ।”

सो अवसरमा सचिवहरूले आफ्नो तर्फबाट सहयोग पु¥याउने जानकारी दिएका थिए ।

त्यस्तै गृह तथा परराष्ट्रमन्त्री माघवप्रसाद घिमिरेले कार्यभार सम्हाल्दै राष्ट्रियता, अखण्डता, स्वाधीनताको रक्षा गर्नु गृहप्रशासनको महत्वपूर्ण दायित्व भएको बताएका छन् ।

उनले मानवअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्रका महत्वपूर्ण पक्ष भएकाले यसको प्रवर्धन हुने गरी कार्यसम्पादन गर्न समेत निर्देशन दिए । उनले कर्मचारीहरुलाई अनावश्यक दवाव नदिने र हस्तक्षेपकारी काम नगर्ने बताए ।

कार्यक्रममा तीनवटै सुरक्षा अङ्गका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>