समाचारबिहीबार, चैत्र १, २०६९

सरकार गठनप्रति भारत र अमेरिकाको स्वागत

हिमालखबर

“विगत केही महिनादेखिको गतिरोधको अन्त्य गर्न सफल भएकोमा नेपाली जनता र नेपालका राजनीतिक दलहरूप्रति भारत सरकार उच्च प्रशंसा गर्दछ,” नेपालस्थित भारतीय राजदूतावासले १ चैतमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सबै राजनीतिक दल र नेपाली जनताको सहयोग लिएर नवगठित अन्तरिम निर्वाचन सरकारले निर्वाचन समेतसँग सम्बन्धित हालै सम्पन्न राजनीतिक सम्झौताको भावनाबमोजिम अघि बढ्नेछ ।”

भारत सरकार स्थिर, लोकतान्त्रिक र समृद्ध नेपाल बनाउने नेपाली जनताको प्रयत्नलाई सघाउन प्रतिबद्ध छ भन्दै विज्ञप्तिमा नेपाली जनता र नेपाल सरकारलाई हरसम्भव सहयोग उपलब्ध गराउन भारत तयार रहेको पनि जनाइएको छ ।

अमेरिकाद्वारा पनि स्वागत

संयुक्त राज्य अमेरिकाले राष्ट्रिय चुनावको जिम्मेवारी वहन गर्ने गरी भएको नयाँ अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनको स्वागत गरेको छ ।

१ चैतमा काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गरी जटिल एवम् चुनौतीपूर्ण अवस्थामा राजनीतिक दलहरूले समस्या समाधानका निम्ति देखाएको तत्परता र गरेको सम्झौताको सराहना गरेको छ ।

“यो अन्तरिम चुनावी मन्त्रिपरिषद्को गठनले नेपालको नयाँ संविधान लेख्ने काम सम्पन्न गर्ने र नेपाली जनताको आकाँक्षाको प्रतिनिधित्व गर्ने गरी आगामी असारमा स्वतन्त्र, निष्पक्ष र समावेशी राष्ट्रिय निर्वाचनको कार्य सम्पन्न गर्ने जस्ता महत्वपूर्ण कार्यहरूको लागि जग बसाल्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

विगतमा झैं अमेरिकाले नेपाललाई सहयोग गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>