समाचारशुक्रबार, चैत्र २, २०६९
बार एशोसिएसन छलफलमा
नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यालयमा २ चैत दिउँसो बस्ने बैठकले वर्तमान राजनीतिक अवस्थाका बारेमा आगामी दिनमा कसरी जाने भन्ने निर्णय गर्ने जनाएको छ ।
त्यसअघि बारले वरिष्ठ अधिवक्ता र बारका पूर्व पदाधिकारीहरुसँग छलफल गरिरहेकोे महासचिव सुनिल पोखरेलले जानकारी दिए ।
चार राजनीतिक शक्तिको सहमतिअनुसार प्रधानन्यायाधिश खिलराज रेग्मीले चुनावी मन्त्रिपरिषद्को अध्यक्ष पदमा सपथ लिएको दिनलाई बारले कालो दिन भनेको भनको छ ।
