समाचारशुक्रबार, चैत्र २, २०६९

चुनावी सरकारलाई संयुक्त राष्ट्रसंघको स्वागत

हिमालखबर

राजनीतिक स्थिरता नहुँदा विस्तृत शान्ति सम्झौता कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघका महासचिव बानले चुनावी सरकारको गठनले राजनीतिक गतिरोध अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

महासचिवका प्रवक्ताले जारी गरेको वक्तव्यमा बानले नयाँ चुनावका लागि अनुकूल वातावरण सिर्जना गर्न र विस्तृत शान्ति सम्झौताका प्रतिबद्धता कार्यान्वयन गर्ने कामलाई गति प्रदान गर्न सबै पक्षसंग आग्रह गरेका छन् ।

वक्तव्यमा राष्ट्रसंघको राजनीतिक मामिलासम्बन्धी उप-महासचिव जेफ्री फेल्टम्यानले आउँदो मंगलबारदेखि नेपाल भ्रमण गर्ने उल्लेख गरिएको छ ।

महासचिव बानले आफ्ना प्रतिनिधिको भ्रमण नेपालको शान्ति प्रक्रियामा भएको प्रगति प्रति राष्ट्रसंघको प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा रहने उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>