थप समाचारशुक्रबार, चैत्र २, २०६९
पाल्पाली समाजसेवी लिगलको निधन
तानसेन–५ टक्सारटोल निवासी ९३ बर्षीय भुयुमान लिगलको २ चैत बिहान उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा मृत्यु भएको छ ।
निमोनिया भएका लिगललाई लुम्बिनी मेडिकल कलेजमा एक महिनासम्म उपचारपछि घरमा ल्याईएको तर १ चैतमा उनको स्वास्थ्य अवस्था विग्रिएपछि अस्पताल पुर्याईएको थियो । उपचारकै क्रममा आज बिहान लिगलको मृत्यु भएको हो ।
पाल्पाको तानसेनमा बिजुली, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता सुविधा विस्तार गर्नमा उनको ठूलो योगदान थियो । श्रीनगर डाडामा लिगलकै अगुवाईमा बिरेन्द्र ताल निर्माण भएको छ ।
अहिंसावादी बयोबृद्ध समाजसेवी भुयुमान लिगलले सशस्त्र हिंसाका बेला माओवादीले ध्वस्त पारेको पाल्पा दरबार पुन निर्माणका लागि निकै मेहनत गरेका थिए ।
देब पचभैया, पाल्पा
