समाचारशुक्रबार, चैत्र २, २०६९

आन्दोलनरत पार्टीहरुसँग वार्ता थालिनेः कोइराला

हिमालखबर

नेपाल मजदुर संघको पाँचौं महाधिवेशनको इटहरीमा उद्घाटन गर्न २ चैतमा विराटनगर आएका सभापति कोइरालाले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अब निर्वाचन हुने कुरामा कहीं कतैबाट शंका व्यक्त नगर्न आग्रह गरे ।

उनले वर्तमान सरकार कानूनी शासनअनुसार सञ्चालन हुने पनि विश्वास व्यक्त गरे ।

सभापति कोइरालाले राजनीतिक दलहरुबीच छलफल गरेर  संविधानसभा निर्वाचनको मिति तय गरिने जानकारी दिँदै सबै राजनीतिक दलबीच छलफल गरी सहमतिमा चाँडै नै राजनीतिक संयन्त्र निर्माण गरिने पनि बताए ।

कोइरालाले नेपाली कांग्रेसको चैत महिनामा महाधिवेशन प्रतिनिधि भेला हुने भन्दै भ्रातृ सङ्गठनहरुको राष्ट्रिय अधिवेशन पनि गर्दै जाने कार्यक्रम रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>