थप समाचारशुक्रबार, चैत्र २, २०६९
साइबर आक्रमण रोक्न पिंगसँग ओबामाको आग्रह
अमेरिका र चीन दुबैले पछिल्लो समयमा साइबर सुरक्षामा आफ्नो ध्यान केन्द्रित गरिरहेका बेला अमेरिकी राष्ट्रपति ओबामाले चिनियाँ राष्ट्रपति सिसँग साइबर सुरक्षाको बिषय उठाएका छन् । ओबामाले सिलाई उनको कार्यकालका लागि शुभकामना दिन गरेको फोनमा यो विषय उठाएको बीबीसीले जनाएको छ ।
यस अघि १४ मार्चमा एक अमेरिकी टेलिभिजनसँगको अन्तरवार्तामा ओबामाले चीनबाट अमेरिकामाथिसाइबर आक्रमणका भइरहेको भन्दै यसबारेमा उच्चस्तरीय वार्ता हुने उल्लेख गरेका थिए ।
अन्तरवार्तामा ओबामाले यसरी भइरहेका कतिपय साइबर आक्रमण राज्यद्वारा प्रायोजित र केही चाहीँ अपराधीहरुद्वारा संचालित रहेको भनेका थिए ।
ओबामाको यस्तो अभिव्यक्ति अमेरिकी गुप्तचर प्रमुखले साइबर आक्रमणले प्रमुख सुरक्षा चुनौतीका रुपमा रहेको आतंकवादलाई समेत प्रतिस्थापन गर्ने बताएको एक दिनपछि व्यक्त गरेका थिए ।
चीनले यो आक्रमण राज्यद्वारा प्रायोजित नभई चीन आफैं पनि यस्ता आक्रमणको शिकार बनिरहेको जनाएकोे छ ।
त्यसैगरी चीनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले दुई देशका राष्ट्र प्रमुखहरु बीचको टेलिफोन कुराकानीमा विगत चार वर्षदेखि चल्दै आएको जनाउँदै सहकार्य र दुई पक्षीय सम्मानको विस्तारका बारेमा कुराकानी भएको उल्लेख गरेको छ ।
लि चीनका नयाँ प्रधानमन्त्री
चिनियाँ प्रधानमन्त्रीमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिअन्तर्गतको राजनीतिक परिषदका एकजना वरिष्ठ सदस्य लि केक्वाङ निर्वाचित भएका छन् ।
चिनियाँ संसद ‘नेशनल पिपुल्स कांग्रेस’ को २ चैतको बैठकले लि केक्वाङलाई प्रधानमन्त्री पदमा चयन गरेको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङ राष्ट्रपति पदमा नियुक्त भएको एक दिनपछि लि प्रधानमन्त्री भएका हुन् ।
५७ वर्षीय लि अन्य चिनियाँ नेताहरु भन्दा फरक अंग्रेजी भाषामा पोख्त छन् ।
चीनको प्रधानमन्त्रीको उमेदवार राष्ट्रपतिले नै छान्ने र संसदले अनुमोदन गर्ने ब्यवस्था छ । चीनको दैनिक प्रशासन प्रशासनले चलाए पनि महत्वपूर्ण निर्णयहरु भने पार्टीले नै गर्दछ ।

