समाचारशुक्रबार, चैत्र २, २०६९
महान्यायाधीवक्ता प्रधानले राजीनामा गरे
सरकारका प्रमुख कानूनी सल्लाहकार महान्यायाधीवक्ता मुक्ति प्रधानले नयाँ सरकार गठन भएको अर्को दिन पदबाट राजीनामा गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई सरकारद्वारा २२ भदौ २०६७ मा महान्यायाधीवक्ता नियुक्त प्रधान पदमा रहँदा पत्रकार डेकेन्द्र थापाका हत्याराहरुविरुद्ध मुद्दा नचलाउन प्रहरी र जिल्ला वकिललाई परिपत्र गरेपछि विवादित बनेका थिए ।
सरकारको बहिर्गमनसँगै महान्यायाधीवक्ताले पनि राजीनामा गर्ने प्रचलन अनुसार प्रधानले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी समक्ष राजीनामा बुझाएका हुन् ।
