समाचारशुक्रबार, चैत्र २, २०६९

देश निर्वाचनको प्रक्रियामा अगाडि बढ्योः दाहाल

हिमालखबर

२ चैतमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुबीचमा सहमति भई नयाँ सरकार गठन भएपछि मुलुक निर्वाचनको प्रक्रियामा अगाडि बढेको बताएका छन् ।

दाहालले भने, “मुलुक एकपटक पुनः महान प्रक्रियामा अगाडि बढेको छ, राजनीतिक दलहरु निर्वाचनका लागि केन्द्रित भएका छन्, यसले नेपाली जनतामा नयाँ खालको उत्साह पैदा भएको छ ।”

उनले केही आशंका र सीमित स्वार्थको घेराभन्दा बाहिर निस्केर जनतालाई केन्द्रविन्दुमा राखेर सबैले काम गर्नुपर्ने बताए ।

निक्कै ठूलो बहसपछि प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरिएको चर्चा गर्दै अध्यक्ष दाहालले भने, “जनताको ताजा जनादेश लिने ध्येयका साथ विशिष्ट खालको निर्णय गरिएको हो, यो निर्णयलाई स्वीकार गरेर अगाडि बढ्नु आजको आवश्यकता हो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>