समाचारशुक्रबार, चैत्र २, २०६९

‘सर्वोच्चमा रेग्मीको छायाँ पर्दैन’

रासस

नेपाल बार एशोसिएसन भक्तपुरले २ चैतमा आयोजना गरेको वरिष्ठ अधिवक्ताको उपाधी पाएकाहरुका लागि आयोजित सम्मान कार्यक्रममा बोल्दै कामु प्रधानन्यायाधीश दमोदर शर्माले सर्वोच्च अदालतमा रेग्मीको कुनै प्रभाव नपर्ने बताएका छन् ।

“तपाईहरु ढुक्क हुनुहोस्, रेग्मी सिंहदरवारमा बसेपनि उहाँको सर्वोच्च अदालतमा उपस्थिति त परै जाओस्, छायाँसमेत पर्दैन,” शर्माले भने ।

देशको बाध्यात्मक परिस्थितिले नै रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनुपरेको शर्माले दाबी गरे ।  रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष भएकोमा नेपाल बार एसोसिएसनले गरेको विरोधप्रति लक्षित गर्दै उनले रेग्मीमाथि कुनै शङ्का नगर्न पनि आग्रह गरे ।

न्यायपालिका आफैंमा स्वतन्त्र र निष्पक्ष संस्था भएकोले प्रधानन्यायाधीशले तोक लगाएर स्वतन्त्र न्यायपालिका माथि अवरोध खडा गर्न नसक्ने भन्दै न्यायाधीश शर्माले थपे, “न्यायालयको मनोबल गिर्ने काम कसैले पनि गर्नुहुँदैन ।”

आफूले पञ्चायतकालदेखि न्याय सम्पादनको काम गर्दै आएको स्मरण गर्दै शर्माले न्याय सम्पादनमा कहिल्यै पनि कुनै निकायबाट हस्तक्षेप नभएको दाबी गरे ।

कार्यक्रममा ३५ जना वरिष्ठ अधिवक्तालाई खादा, दोसल्ला र भादगाउँले टोपी लगाएर सम्मान गरिएको गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>