समाचारशुक्रबार, चैत्र २, २०६९

र्‍याडिसनका सञ्चालकमाथि आक्रमण

हिमालखबर

२ चैतमा ललितपुरको भैंसेपाटीस्थित निवासबाट कार्यालयतर्फ आउँदै गर्दा एकान्तकुनामा मोटरसाईकलमा आएका केही व्यक्तिहरुले होटेल र्‍याडिसनका सञ्चालक एवम् ब्यवसायी बीके श्रेष्ठमाथि आक्रमण गरेका छन् । श्रेष्ठका अनुसार मोटर साइकलमा आएका केही व्यक्तिले उनी चढेको गाडी रोकी अन्धाधुन्ध प्रहार गरेका थिए । आक्रमणबाट गाडीमा क्षति पुगे पनि श्रेष्ठलाई भने केही हुन पाएन ।

घटनाबारे जानकारी गराउन नेपाल उद्योग बाणिज्य महासंघले गरेको पत्रकार सम्मेलनमा होटेल संघ नेपालका अध्यक्ष श्यामसुन्दर कक्षपतीले एमाओवादी निकट मजदुर संघका पदाधिकारीले फोन गरी घटनाको जिम्मेवारी लिएको बताए ।

उद्योग वाणिज्य महासंघ, होटेल संघ नेपाल, ललितपुर उद्योग वाणिज्य संघले घटनाको भत्र्सना गरेका छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुरज वैद्यले उद्योगी–ब्यवसायीको सुरक्षामा गम्भीर बन्न सरकारसँग आग्रह गरेका छन् ।

र्‍याडिसन होटेलका एचआर म्यानेजरमाथि कुटपिट गर्ने केही कर्मचारीलाई निलम्बन गरिएको निहुँमा श्रेष्ठमाथि कुटपिट भएको हुनसक्ने बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>