समाचारशनिबार, चैत्र ३, २०६९

कर्णेल लामा थुनामुक्त

हिमालखबर

लण्डनको वेलमार्स कारागारमा दुई महिना १० दिनसम्म थुनामा रहेका लामाले आवश्यक कागजात र धरौटी बुझाएर छुटेका हुन् । लामाले साढे ३६ हजार पाउण्ड बुझाएर रिहा भएको लण्डनमा रहेको नेपाली दुतावासले जनाएको छ ।

तर लामा कारागारबाट छुटेपनि दुतावासले भने कुनै किसिमको यात्रा अनुमतिपत्र वा राहदानी जारी गरेको छैन । धरौटीमा रिहा भए पनि मुद्दाको टुंगो नलागेसम्म लामालाई बेलायत छाड्ने अनुमति दिइएको छैन ।

अदालतले चाहेको बेला लामा हाजिर हुनुपर्ने, कसैसँग सिधा सम्पर्क गर्न नपाइने र घरैमा नजरबन्द जसरी रहनुपर्ने जनाएको छ ।

लामालाई छोड्नका लागि उनले बेलायत नछोड्ने र आवश्यक परेका बेला अदालतमा हाजिर हुने आशयको आश्वासन पत्र (एसुरेन्स लेटर) नेपाली दूतावासबाट अदालतले माग गरेपछि २८ फागुनको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार परराष्ट्र मन्त्रालयलले लन्डनस्थित दूतावासलाई त्यस्तो पत्र उपलब्ध गराउन भनेको थियो ।

सरकारले उक्त पत्र उपलब्ध गराउने प्रक्रिया ढिलो गर्दा लामा थुनामुक्त हुन केही समय लागेको हो ।

लामाको मुद्दाको अर्को सुनुवाई ५ जुनमा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>