समाचारशनिबार, चैत्र ३, २०६९
धनकुटामा आगलागी, सवा करोडको क्षति
धनकुटाको बेलहारा गाबिसमा २ चैत राति भएको आगलागीबाट ७ वटा घर खरानी भएका छन् भने करिब एक करोड ११ लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय प्रहरीले जनाएको छ ।
आगलागीबाट स्थानीय बलबहादुर श्रेष्ठ, रेखा थापा, यज्ञवहादुर थापा, तिलक घिमिरे र खेमवहादुर थापाका घरहरु स्वाहा भएका हुन । राति साढे १० बजेबाट सल्केको आगो ५ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगो निभाउन धरान र झापाबाट दमकल झिकाईएको थियो ।
आगलागीमा परेका घरहरुमा रहेका ४ ओटा किराना पसल, ३ ओटा होटेल र एउटा औषधी पसल समेत खरानी भएका छन् ।
अचानक आगो लाग्दा घरमा रहेका कुनै सामान बचाउन नपाएको पीडितहरुले बताएका छन् । आफ्नो नगद ७ लाख रुपैयाँ जलेको पीडित बलवहादुर श्रेष्ठले वताए ।
आगलागीको कारण खुल्न सकेको छैन ।
सन्तोष रुचाल, धनकुटा

