समाचारशनिबार, चैत्र ३, २०६९

रेग्मीलाई स्वीकार्नु बाध्यताः गौतम

हिमालखबर

प्रेस चौतारी नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले नेता वामदेव गौतमले पार्टीभित्र र बाहिरसमेत विरोध हुँदा हुँदै पनि देशलाई असफल हुनबाट जोगाउन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेको बताएका छन् ।

लोकतन्त्रको आधार निर्वाचन भएकोमा जोड दिंदै गौतमले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि बुँदागत सहमति गरेर बनेको सरकारमा कुनै पनि राजनीतिक पार्टीको प्रभाव नपर्ने दाबी गरे ।

उनले अब विरोध गर्नुको साटो निर्वाचनलाई सफल बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>