समाचारशनिबार, चैत्र ३, २०६९
कांग्रेसले महासमिति बैठक बोलाउने
नेपाली कांग्रेसले महासमिति बैठक २६ देखि ३० चैतमा नवलपरासीमा गर्ने तयारी गरेको छ ।
बैठक चैतको अन्तिम सातमा गर्ने भए पनि औपचारिक निर्णय हुन भने बाँकी रहेको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । “शीर्ष नेताहरु काठमाडौं बाहिर रहेकाले उहाँहरु काठमाडौं आएपछि औपचारिक निर्णय हुनेछ,” बडुले भने ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको गठनलगायतका विषयमा असहमत कांग्रेस नेताहरुले महासमिति बैठक बोलाउन माग गर्दै आएका छन् ।
महासमिति बैठकमा प्रत्येक चुनावी क्षेत्रबाट ५ जना महासमिति सदस्य लगायत केन्द्रीय नेताहरुले भाग लिनेछन् ।
