समाचारशनिबार, चैत्र ३, २०६९
सरकारलाई सघाउन युरोपेली संघको अनुरोध
सङ्घका उच्चायुक्त क्याथरिन अष्टोनका प्रवक्ताले २ चैतमा ब्रसेल्समा जारी गरेको वक्तव्यमा नेपालका प्रजातान्त्रिक संस्थाहरूलाई पुनर्जीवन दिने तथा नेपाली जनताका अधिकार र चाहना पूरा गर्न विश्वसनीय, पारदर्शी एवम् समावेशी निर्वाचन महत्वपूर्ण हुने उल्लेख छ ।
नयाँ संविधान र दिगो शान्तिका लागि राजनीतिक दलका नेताले गरेको सहमतिको सङ्घले सराहना पनि गरेको छ ।
