समाचारशनिबार, चैत्र ३, २०६९

असार पहिलो साता निर्वाचन सम्भवः पूर्व आयुक्तहरु

हिमालखबर

३ चैतमा रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा पूर्व निर्वाचन आयुक्तहरुले दलहरुले वास्तवमै निर्वाचन चाहेको हो भने असार पहिलो साता निर्वाचन गराउन कुनै अप्ठ्यारो नरहेको स्पष्ट पारेका छन् ।

निवर्तमान निर्वाचन आयूक्त अयोधिप्रसाद यादवले यसअघि सरकारले घोषणा गरेको मंसीर र बैशाखको निर्वाचनको लागि निर्वाचन आयोगले तयारी गरिरहेकोले असार पहिलो साताभित्र निर्वाचन सम्भव रहेको बताए ।

मंसीरमै निर्वाचन हुन्छ भनेर तयारी गरिरहेको जानकारी दिंदै यादवले त्यसपछि सरकारले बैशाखमा निर्वाचन भनेपछि पनि आफूहरुले तयारी जारी राखेका बताए । पहिलेदेखिनै तयारी हुँदा काम भइसकेकोले १० देखि ५ बजे सम्मको काम नभनी युद्धस्तरमा काम गर्न सके निर्वाचनमा समस्या नभएको उनको दाबी थियो ।

साक्षात्कारमा अर्का पूर्वनिर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले दलहरुकै सहमतिमा सरकार गठन भएकोले असारमा निर्वाचन गर्न सम्भव रहेको धारणा राखे । उनले विरोधमा भएका दलहरुलाई साथ लिनुपर्ने र तत्कालै निर्वाचन आयोगमा पदाधिकारी नियुक्ती गर्नु पर्ने आवश्यकता औल्याए ।

त्यस्तै पूर्व निर्वाचन आयुक्त विरेन्द्र मिश्रले आफूहरुले माओवादी द्वन्द्वकालको कठिन अवस्थामा समेत निर्वाचन गराएको भन्दै मुलुकमा द्वन्द्व नभएको बेला निर्वाचन नहुने कुनै कारण नहुने तर्क गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>