समाचारशनिबार, चैत्र ३, २०६९
चारशक्तिको सहमतिविरुद्ध प्रदर्शन
काठमाडौंको शान्तिबाटिकामा ३ चैतमा नेकपा–माओवादीले गरेको विरोध सभामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रर्दशनकारीले राष्ट्रपति रामबरण यादव र प्रमुख दलहरुको पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठी चार्जका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रमुख चार शक्तिले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष बनाएपछि नेकपा–माओवादी सहितका साना ३४ दलले आन्दोलन सुरु गरेका छन् ।
